३५ हजारसहित नापी सर्वेक्षक पक्राउ
नेपालगञ्ज – नापी कार्यालयका कर्मचारी घुससहित पक्राउ परेका छन् ।
अख्तियार नेपालगञ्जको टोलीले नापी सर्वेक्षक (नासु) यामबहादुर खत्री र लेखापढी व्यवसायी भनिएका प्रताप केसीलाई ३५ हजार घुससहित पक्राउ गरेको जनाएको छ ।
हाल सावितका सेवाग्राहीसँग ३५ हजार लिइरहदा नापी सर्वेक्षक खत्री र केसीलाई पक्राउ गरेको अख्तियार नेपालगञ्जका प्रमुख गणेश गैरेले जानकारी दिनुभयो ।