विवाहको २५ औं वर्षगाँठमा जेष्ठनागरिकलाई भोजन

नेपालगञ्ज – पत्रकार शरण कर्माचार्य र श्रीमती सरस्वती कर्माचार्यले नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्र, नेपालगञ्जमा पुगेर जेष्ठ नागरिकलाई भोजन गराउनु भएको छ ।
विवाहको २५ औं वर्षगाँठको अवसरमा कर्मचार्य दम्पतिले नीलसागरमा पुगेर जेष्ठ नागरिकलाई भोजन गराउनु भएको हो ।
कर्माचार्यले नीलसागरमा रहेका आमा बुवाहरुलाई एक छाक भोजन गराउन पाउदा अत्यन्त आनन्दित भएको बताउनुभयो ।


पत्रकार पूर्णलाल चुकेले जन्मदिन, वैवाहिक वर्षगाँठहरु तामझाम गरेर होटलहरुमा मनाउने गरिएको पाइएकोमा कर्मचार्य दम्पतिले नीलसागरमा आएर जेष्ठनागरिकलाई भोजन गराएर उत्तम कार्य गरेको बताउनुभयो ।
नीलसागरका उपाध्यक्ष अमन सुवेदीले आमाबुवाहरुलाई सम्झिएर आउनु भएको भन्दै कर्माचार्य दम्पतिप्रति आभार व्यक्त गर्नुभयो ।
सरकारी सहयोग बिना नै सडकमा रहेका आमाबुवालाई नीलसागरमा ल्याएर सरिता खनाल, सुवेदीले मानवीय काम गरिरहनु भएको छ । जन्मदिन, विवाह वर्षगाँठ, विवाहका पार्टीमा लाग्ने खर्चले नीलसागरका आमाबुवालाई भोजन गराउने, सहयोग गर्ने मनकारीहरु बढिरहेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !