भानुभक्तको शालिक राखिने

नेपालगञ्ज – नेपालगञ्जको न्यूरोडचोकमा आदिकवि भानुभक्त आचार्यको शालिक राखिने भएको छ ।
यो चोकलाई २०७४ साउन ५ गते नै स्थानीय बासिन्दाले भानुक्तचोक नामाकरण गरेका थिए । २०७६ असार २९ गते भानुभक्तको जन्मदिनमा भानुजयन्ती मनाइएको थियो । भेरी साहित्यि समाजले त्यसको चाजोपाजो मिलाएको थियो ।
भानुभक्तचोकमा भानुभक्तको शालिक राख्नका लागि स्थानीय बासिन्दाले नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठको संयोजकत्वमा शालिक निर्माण उपसमिति र अर्थ संकलन उपसमिति गठन गरेका छन् ।
उपसमितिका संयोजक श्रेष्ठले आगामी असार २९ गते भानुजयन्ती मनाउने क्रममा भानुभक्तको शालिक राखिसक्ने बताउनुभयो । शालिक राख्न आवश्यक आर्थिक र भौतिक सहयोगको लागी नेपाल प्रज्ञा प्रतिष्ठान, काठमाडौं र नेपालगञ्ज उपमहानगरपािलकालाई अनुरोध गरिने भएको छ ।
शालिक राख्दा पाँच हजार एक सय भन्दा बढी सहयोग गर्नेको नाम शिलालेख राख्ने रणनीति बनाइएको छ । भानुभक्तको शालिक राख्न अगुवाहरु दामोदर आचार्य, सनत रेग्मी, हरिप्रसाद तिमिल्सेना, भरत रानाभाट, ज्ञानेन्द्र श्रेष्ठ, भीम रानाभाटलगायत लागेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !