५ र ८ नम्बर वडाको हुने भयो फाइनल भिडन्त

नेपालगञ्ज – नेपालगञ्जमा जारी अन्तर वडास्तरीय क्रिकेट प्रतियोगिताको फाइनलमा ५ र ८ नम्बर पुगेका छन् ।
८ नम्बर वडाले २२ नम्बर र ५ नम्बरले १३ नम्बर वडालाई पराजित गरेर फाइनलमा पुगेका हुन् ।
८ नम्बरले वडालाई ६ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको २२ नम्बर वडाले २० ओभरमा ८ विकेटको नोक्सानीमा १ सय १ रन बनाएको थियो । टोलीका लागि रबिस बर्माले ३० रन, राकेश बर्माले १९ रन र अनुप कुमार बर्माले १६ रन जोडे । ८ नम्बरका समसुद्दिन अन्सारीले ३ विकेट लिए । उनले ३ ओभरमा ११ रन खर्चेका थिए । नासिर अन्सारीले १ विकेट लिए । जवाफमा ८ नम्बर वडाले १५.१ ओभरमा ४ विकेटको नोक्सानीमा जित हासिल ग¥यो । टोलीका लागि समसुद्दिन अन्सारीले ४० रन, अविजित रहेका अनुपम सिहले १७ रन र नासिर अन्सारीले १३ रन बनाए ।
२२ नम्बर वडाका सन्नी गोडियाले २ विकेट र उदेश सहानीले १ विकेट लिएका थिए । खेलमा समसुद्दिनले म्यान अफ द म्याच र म्याजिकल मुभमेन्टको पुरस्कार जिते ।
अर्को खेलमा टस जितेर ब्याटिङ गरेको वडा नम्बर १३ नम्बर वडाले १९.३ ओभरमा ८३ रन बनाएर अलआउट भयो । टोलीका लागि अंकुर सिहले १६ रन र प्रतिक गिरीले १६ रन मात्र बनाए । ५ नम्बरका मेराज अन्सारीले ३ विकेट र अनिमेश शाहीले २ विकेट लिए ।
मेराजले ४ ओभरमा २० रन दिएका थिए भने अनिमेशले ३ ओभरमा १० रन खर्चे । जवाफमा ५ नम्बरले ७.३ ओभरमा २ विकेटको नोक्सानीमा जित हासिल गरेको थियो । सुबेन्दु पाण्डेले ५० रन बनाए । सदाव अन्सारीले २९ रन जोडे । १३ नम्बरका विशाल डाँगीले २ विकेट लिए । खेलमा मेराज अन्सारी म्यान अफ द म्याच र सुबेन्दु पाण्डे म्याजिक मुभमेन्ट पुरस्कारबाट पुस्कृत भए ।
प्रतियोगिता फाइनलमा शनिबार हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !