खाना पकाउने ग्यासको मूल्य बढ्यो

नेपालगञ्ज – नेपाल आयल निगमले खाना पकाउने ग्यासको मूल्य बढाएको छ ।
निगमले भारतबाट पछिल्लो समय खाना पकाउने ग्यासको मूल्य बढेर आएकाले प्रति सिलिन्डर २५ रुपैयाँ बढाइएको जानकारी दिएको छ । योसँगै ग्यासको मूल्य अब प्रति सिलिन्डर एक हजार ३ सय ७५ रुपैयाँ भएको छ ।
निगमले पेट्रोल र डिजेलको मूल्य भने घटाएको छ । भारतबाट पछिल्लो समय डिजेल र पेट्रोलको मूल्य घटेर आएकाले प्रति लिटर १ रुपैयाँ घटाइएको निगमले जानकारी दिएको छ । योसँगै डिजेलको मूल्य प्रतिलिटर ९९ र पेट्रोलको प्रतिलिटर ११० रुपैयाँ भएको छ ।
यो मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ ।
मूल्य समायोजन गरेपश्चात् नेपालतर्फ वीरगञ्ज नाकाको तुलनामा भारतको रक्सौलमा कायम भएको पेट्रोलको खुद्रा विक्री मूल्य १६ रुपैयाँ ४० पैसा प्रति लिटरले सस्तो र डिजेलको खुद्रा विक्री मूल्य १६ रुपैयाँ २७ पैसा प्रति लिटरले नेपालतर्फ सस्तो हुन गएको निगमले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !