गौतम शक्तिशाली उपाध्यक्ष

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता बामदेव गौतम पार्टी उपाध्यक्षमा मनोनित भएका छन् । आइतबार सम्पन्न नेकपा केन्द्रीय कमिटी बैठकले गौतमलाई उपाध्यक्ष बनाउने विधान संशोधनको प्रस्ताव पारित गरेको हो ।
उक्त विधान संशोधन प्रस्ताव महासचिव विष्णु पौडेलले बुधबार बैठकमा पेश गरेका थिए । गौतमलाई उपाध्यक्ष बनाउने नबनाउनेमा केन्द्रीय सदस्यहरु विभाजित भएपनि अन्ततः उपाध्यक्षमा मनोनित भएका हुन् ।
गत पुष २९ देखि मंसिर ६ गतेसम्म चलेको पार्टीको स्थायी कमिटि बैठकले गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव विधानमा उल्लेख गर्न सहमति दिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !