सार्वजनिक शौचालय उपमहानगरपालिकाको जिम्मामा
नेपालगञ्ज – विदेशी संस्थाले बनाइदिएको दुई वटा सार्वजनिक शौचालय नेपालगञ्ज उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको छ ।
एसएनभी नेदरल्याण्ड विकास कोषले सञ्चालन गरिरहेको स्वास्थ्य र विकासका लागि नगर सरसफाई तथा स्वच्छता कार्यक्रमअन्तर्गत नेपालगञ्जमा निर्माण गरिएका दुईवटा अत्याधुनिक सार्वजनिक शौचालय उपमहानगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
८१ लाखको लागतमा भेरी अस्पताल अगाडी र मासु मण्डी नजिकै अपाङ्गमैत्री अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख डा. धवलशमशेर राणा, उपप्रमुख उमाथापा मगर, प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेलको उपस्थितिमा शौचालय हस्तान्तरण गरिएको हो । हस्तान्तरण भएपछि सार्वजनिक शौचालय उपमहानगरपालिकाले ब्यवस्थापन गर्ने छ । एसएनभीले नेपालगञ्जको धम्बोझीमा समेत स्वचालित शौचालय निर्माण गरिदिएको छ ।