हजुरबुवाको स्मृतिमा मन्दिर

नेपालगञ्ज – नेपालगञ्जका राजेशनारायण श्रेष्ठले हजुरबुवा स्व. हरिबहादुर श्रेष्ठ र हजुरमाता स्व. हिरादेवी श्रेष्ठको स्मृतिमा मन्दिर निर्माण गरेका छन् ।
बुवा रामनारायण श्रेष्ठ र माता हिरादेवी श्रेष्ठको इच्छा अनुसार राजेशनारायणले बागेश्वरी मन्दिरको परिसरमा सरस्वतीको मन्दिर स्थापना गरेका हुन् । बागेश्वरीको पूर्वीद्वार नजिक राजेशनारायणले व्यक्तिगत खर्चमा बनाएको सरस्वतीको मन्दिरको मंगलबार नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले उद्घाटन गर्नुभयो ।


मन्दिरको लागतको हिसाव नै नराखेको श्रेष्ठले बताउनुभयो । ‘बुवाको इच्छा अनुसार बनाइयो । पवित्रको कामको हिसाव राखिएन, श्रेष्ठले भन्नुभयो ।


नेपालगञ्जको रामलिला मैदानमा सरस्वतीको मन्दिर रहेको छ । त्यहाँ वर्षेनी सरस्वतीको पूजा दिन ठूलो भीड लाग्ने गर्दछ । त्यो मन्दिर कृष्णजंग राणले बनाइदिएका हुन् । बागेश्वरी मन्दिर परिसरकै गणेशको मूर्ति पनि कृष्णजंगले बनाइदिएका हुन् ।


error: यो सुविधा उपलब्ध छैन !