पक्राउ परे खत्री

नेपालगञ्ज – कोहलपुरका योगेश खत्री पक्राउ परेका छन् ।
जबरजस्ती करणी मुद्दामा तीन वर्ष कैद सजाय तोकिएका कोहलपुरका खत्रीलाई प्रहरीले मंगलबार घरबाटै पक्राउ गरेको हो ।
गतवर्ष बैशाख २५ गते उच्च अदालत तुलसीपुर, नेपालगञ्ज इजलासले खत्रीलाई सजाय तोकेको थियो । प्रहरीले पक्राउ परेका खत्रीलाई आवश्यक कारबाहीका लागि जिल्ला अदालत नेपालगञ्ज पठाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !