ओशोका भाइ शैलेन्द्रको प्रवचन

नेपालगञ्ज – ओशोका भाइ डा. शैलेन्द्र सरस्वतीले नेपालगञ्जमा आध्यात्मिक प्रवचन दिएका छन् ।
ओशो जीवन जागृति केन्द्र, नेपालगञ्जले आयोजना गरेको कार्यक्रममा डा. शैलेन्द्रले शरीर, विचार शुद्धि, कृतज्ञता तथा मैत्रीभावका माध्यमबाट मानिसले मोक्ष पाउन सक्छ, मानिस कसरी खुशी हुन सक्छ ? खुशी आफैभित्र छ र यसलाई अनुभूति गर्न सकिने कुरा मानिसमाथि नै निर्भर रहने उल्लेख गर्दै समस्त ओशो साधक तथा साधिकाहरु र ध्यानमा रमाउन चाहने सबैलाई शुभ आशिष प्रकट गर्नुभयो ।
मौसमको प्रतिकूलताले गर्दा कार्यक्रम ढिला शुरु भएको थियो । त्यसका बाबजुद उल्लेखनीय सहभागिता रहेको केन्द्रका उपाध्यक्ष हेमन्तराज काफ्लेले जानकारी दिनुभयो । ओशोको भाइ डा. शैलेन्द्र नेपालगञ्जदेखि पश्चिम टीकापुर जाने कार्यक्रम रहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !