वडा कपमा जोडियो मेडिकल कलेज

नेपालगञ्ज – माघको दोस्रो साताबाट नेपालगञ्जमा हुन लागेको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा नेपालगञ्ज मेडिकल कलेज हेल्थ पाटर्नरको रुपमा जोडिएको छ ।
प्रतियोगिताका संयोजक तरुण वज्रचार्य र कलेजका सहायक प्रवन्धक नितेसकुमार कनौडिया बीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो । सम्झौतासँगै प्रतियोगिताको लागि आवश्यक प्राथमिक उपचार खर्च कलेजले ब्यर्होने प्रतियोगिताका संयोजक बज्राचार्यले जानकारी दिनुभयो ।
द गु्रप अफ सिक्टिन क्लवको आयोजना हुन लागेको प्रतियोगिता यस क्षेत्रकै सर्वाधिक राशीको अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताका हो । प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्ल्बका अध्यक्ष विष्णु अर्यालले बताउनुभयो । प्रतियोगितालाई भव्य रुपमा सम्पन गर्नको लागि कुनै कसुर बाँकी नराख्ने अध्यक्ष अर्यालले जानकारी दिनुभयो । प्रतियोगितामा एजुकेशन पटर्नर एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस, बैकिङ पाटर्नरमा साइन रेसुङ्गा डेभलपमेन्ट जोडिसकेका छन् । प्रतियोगितालाई बाँके जिल्ला क्रिकेट संघले प्राबिधिक सहयोग गरेको छ । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।


error: यो सुविधा उपलब्ध छैन !