६ महिनामा ५ सय ६४ मुद्दा दर्ता

नेपालगञ्ज – बाँके प्रहरीले पछिल्लो ६ महिनामा ५ सय ६४ वटा मुद्दा दर्ता गरेको छ । साउनदेखि पुससम्ममा ४७ वटा शीर्षकमा यत्तिका मुद्दा दर्ता भएको बाँके प्रहरी प्रमुख एसपी वीरबहादुर ओलीले पत्रकार सम्मेलन गरेर जानकारी दिनुभयो ।
यो मुद्दा संख्या गतवर्षको बढी हो । गत वर्ष यही अवधिमा ५ सय ४५ वटा मुद्दा दर्ता भएका थिए । कतिपय शीर्षकमा भने गतवर्षको भन्दा कम मुद्दा परेका छन् । लागु औषध, जबरजस्ती करणी, बहुविवाह, सामान्य चोरी, आत्महत्या, कर्तब्यज्यान, ज्यान मार्ने उद्योग, भवितब्य ज्यान, फुटकर ज्यानमा गतवर्षको भन्दा कम मुद्दा परेका छन् ।
अभद व्यवहार, सार्वजनिक शान्तिविरुद्धको कसुर, सवारी ज्यान मुद्दा भने गतवर्ष भन्दा बढेका छन् ।
प्रहरीले निकालेको पञ्चवर्षीय तथ्यांकमा भने वर्षेनी मुद्दा संख्या बढेको देखिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !