कसको हो कपडा ?
नेपालगञ्ज – प्रहरीले अटोमा रहेको दुई लाख बढीको कपडा नियन्त्रणमा लिएको छ ।
प्रहरीले अटोलाई रोकेर कपडा जाँच गर्न खोज्दा कोही सम्पर्कमा नआएपछि नियन्त्रणमा लिइएको हो । तीन वटा बोरामा रहेका सुट रहेका थिए ।
कपडा कसको हो, कहाँबाट ल्याएको हो, कहाँ लैजान थालेको केही खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालय, बाँकेबाट खटिएको सादा पोशाकका प्रहरीले कपडा नियन्त्रणमा लिएको छ । अटोमा कपडा राखेर बसपार्कतिर गइरहेका व्यक्ति प्रहरीलाई देखेपछि भागेको आकलन गरिएको छ ।
नेपालगञ्ज नाकाबाट अवैध रुपमा कपडा भित्र्याएर अन्यत्र पठाउने गरेको पाइन्छ । ‘क्यारिङ’मार्फत भित्रिने कपडा काठमाडौंसम्म कपडा पुग्छ । यो कपडा भने त्यस्तो हो कि होइन खुल्न सकेको छैन ।