फरार अभियुक्त पक्राउ

नेपालगञ्ज – प्रहरीले फरार रहेका सदिक सैयादलाई पक्राउ गरेको छ ।
अदालत र प्रहरी मिलेर गठन गरिएको फैसला कार्यान्वयन टोलीले सैयदलाई घरबाटै पक्राउ गरेको हो । नेपालगञ्ज–१६, जयसपुर निवासी सैयद मोटरसाइकल चोरी मुद्दामा अदालतबाट सजाय तोकिएका व्यक्ति हुन् । अदालतले २०७५ बैशाख ३१ गते उसलाई एक लाख बीस हजार जरिवाता तोकेको थियो । सैयद फरार थिए ।
सैयदलाई अदालत बुझाइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !