राउटेलाई न्यानो कपडा र खाद्यान्न

राउटे गल्छी (सुर्खेत) – नेपालगञ्जका युवा सतिश निरौलाको अगुवाईमा सुर्खेतको राउटे गल्छीमा रहेका राउटे समुदायलाई न्यानो कपडा र खाद्यान्न वितरण गरिएको छ ।
दैलेखको गुराँसेबाट सुर्खेतको कान्छीबजार नजिकैको राउटे गल्छीमा बसाई सरेका राउटे समुदायलाई आदिवासी राउटे, लोपोन्मुख, सीमान्तकृत वर्ग उत्थान प्रतिस्ठानकी अध्यक्ष सत्यदेबी खड्काको बिशेष उपस्तिथिमा सहयोग बितरण गरिएको छ ।


६० थान स्वीटर, ३० थान ट्राउजर, ७० थान टोपी, ४० थान बाक्लो हाइनेक, बच्चाका बाक्लो कपडा १४ थान, १५ जोडी मोजाका साथै केही थान भोटोहरु बितरण गरिएको सहयोग अभियान्ता निरौलाले जानकारी दिनुभयो । १६ बोरा चामल, ५५ पाकेट चिउरा र ४० केजी भेलीसमेत बाँडेको छ ।


देशभरबाट ५० जना सहयोगीमार्फत ७६ हजार एक सय १५ रुपैया उठेको अभियानमा सक्रिय नेपालगञ्ज साइक्लिङ्ग क्लबका बरिष्ठ उपाध्यक्ष लवराज श्रेष्ठले जानकारी दिनुभयो ।


सहयोग बितरणका लागी नेपालगञ्जबाट निरौला, रमेशकुमार मल्ल र लबराज श्रेष्ठको टिम राउटेबस्ती पुगेको थियो । सहयोग अभियानका नेतृत्वकर्ता निरौलाले सम्पूर्ण अभियानमा जोडिने र खटिनु हुनेप्रति धन्यवाद व्यक्त गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !