वडा क्रिकेटमा जोडियो एक्सपर्ट

नेपालगञ्ज – दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितामा एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस जोडिएको छ ।
क्लवका सचिव राम श्रेष्ठ र एक्सपर्टका नेपालगञ्जका ब्रान्च म्यानेजर ईश्वरीप्रसाद आचार्यका बीचमा सम्झौता पत्रमा हस्ताक्षर भएको प्रतियोगिता संयोजक तरुण बज्राचार्यले जानकारी दिनुभयो ।
एक्सपर्टले अष्टेलियामा अध्ययन र रोजगारको लागि पठाउने गर्दछ । नेपालगञ्जमा पुष २५ गतेबाट हुने भनिएको यस क्षेत्रकै सर्वाधिक राशीको दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता वर्षाका कारण केही दिनको लागि सरेको छ ।
सचिवालय स्थापना, खेलस्थल सरसफाई, पिच र प्याराफिट निर्माण सकेको क्लवले पानीले मैदान बिग्रिएपछि खेल सारेको अध्यक्ष विष्णु अर्यालले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !