माघी महोत्सवमा सांस्कृतिक प्रस्तुती र खाना

नेपालगञ्ज – थारु समुदायले नेपालगञ्जमा आइतबार माघी महोत्सव मनाएका छन् ।
सांस्कृतिक झाँकी तथा चर्चित कालाकाहरुको उपस्थितिमा नेपालगञ्ज माघी महोत्सव मनाइएको हो ।
बाँके राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले आफ्नो कला, संस्कृतिको सम्मान र संरक्षणमा लाग्न जरुरी रहेको बताउनुभयो ।
थारु समुदायले माघे सक्रान्तिलाई नयाँ बर्षका रुपमा मनाउने गर्दछन् । ‘माघ महोत्सव’ कार्यक्रममा थारु समुदायको सांस्कृतिक झुम्रा, लठ्ठहवा, हुरदुङग्वा, छोक्रा, मयुर र दफ नाच प्रस्तुत गरिएको थियो ।


महोत्सवमा थारु समुदायका चर्चित कलाकार विवश चौधरी, विश्वसागर परियार, करन चौधरी, राम थारु, सुनिता दहित, सुमित्रा चौधरी, राधा चौधरी, खेम भौगरिया, सोहनलाल थारु, प्रमिला थारु, सत्यनारायण चौधरी (फेटारा) देवदास, सविना चौधरी, निरमला चौधरी, राजकुमार चौधरी, संन्जिता चौधरी लगायतले समेत प्रस्तुती दिनुभयो ।
थारु समुदायकी चर्चित गायक तथा मोडल श्रीदेवी चौधरीले समेत आफ्ना चर्चित गीतहरु प्रस्तुत गर्नुभयो । महोत्सवमा थारु परिकारहरु, ढिक्री, घोँघी, खुर्सानीको चटनी, बंगुरको मासुका परिकारहरु अथितिहरुलाई खुवाइएको प्रचार प्रसार समितिका संयोजक भगतराम थारुले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !