मेयरले हेल्मेट नलगाएपछि…

नेपालगञ्ज – नेपालगञ्जका मेयर डा. धवलशमशेर राणा फेरि एकपटक चर्चामा आएका छन् । सामाजिक सञ्जालमा मेयर राणा छाएका छन् ।
राप्रपाले पृथ्वीजयन्ती मनाउने क्रममा निकालेको मोटरसाइकल -यालीमा हेल्मेट नलगाई मोटरसाइकल चलाएपछि मेयर राणा चर्चामा आएका हुन् ।
खासमा हेल्मेट नलगाई मोटरसाइकल चलाउन पाइदैन । नेपालगञ्जमा हुने मोटरसाइकल -यालीमा हेल्मेट नलगाएको प्रशस्तै पाइन्छ पनि । तर, नगर प्रमुख जसले कानूनको पालना गराउनु पर्छ । उही व्यक्तिले हेल्मेट नलगाइदिंदा चर्चाको विषय बनेको हो । कतिपयले सामाजिक सञ्जालमा मेयर राणाको आलोचना गरेका छन् ।


मेयर राणाले पृथ्वीजयन्तीमा बिदा दिने प्रयास गरेका थिए । बोर्ड बैठकमा प्रस्ताव पनि राखियो । तर, त्यो अल्पमतमा पर्यो । पार्टीले भने पृथ्वीजयन्ती मनाउने निर्णय गरिसकेको थियो । त्यसमा मोटरसाइकल ¥याली थियो । बागेश्वरी मन्दिरको पूर्वीद्वार न्यूरोडबाट मोटरसाइकल -याली निस्कियो । जुन -यालीमा सहभागी भएका मेयर राणाले हेल्मेट नलगाई मोटरसाइक चलाए । उपमहानगरपालिका कार्यालयमा वाटरपार्कका स्थानीय बासिन्दालाई अस्थायी लालपूर्जा वितरण गरेर मेयर हतारिदै मोटरसाइकल -यालीमा पुगेका थिए ।
मोटरसाइकल -यालीले नगर परिक्रमा ग-यो । सायद धेरै दिन पछि मोटरसाइकल चलाएकाले होला, मेयरले मस्तीका साथ मोटरसाइकल चलाए । बजार परिक्रमा पछि त्रिभुवनचोकमा कोणसभा भयो । त्यहाँ मेयर राणाले वडामहाराज पृथ्वीनारायणको गुनगान गाउनुभयो । राष्ट्र निर्मातालाई बेवास्ता गरिएको गुनासो गर्नुभयो । नेपाल एकीकरणका सूत्रधार पृथ्वीनारायणको जयन्ती विवादरहित ढंगले हर्षोल्लासका साथ मनाउनु पर्नेमा जोड दिनुभयो ।


उपमहानगरपालिकाले बिदा दिने निर्णय गराउन नसकेपनि कार्यालयको प्रवेशद्वारमा वडामहाराज पृथ्वीनारायणको फोटो राखेर अविर लगाउने काम भयो । पार्टीले साँझ त्रिभुवनचोकमा त्यसरी नै पृथ्वीको फोटोमा टीका लगाए ।
मेयर राणा राप्रपाका महामन्त्रीसमेत हुन् । राजसंस्था र हिन्दु धर्मको वकालत गर्दै आएको राप्रपाबाट दोस्रो पटक मेयर बनेर पदभार ग्रहण गर्दा कुर्सीको ठीकमाथि पृथ्वीनारायण शाहको फोटो राखिएको थियो । वडामहाराज पृथ्वीनारायण शाहले ससाना छरिएका राज्यलाई एकीकरण गरेका थिए । गणतन्त्र घोषणा पछि पृथ्वीजयन्ती छाँयामा परेको छ ।


error: यो सुविधा उपलब्ध छैन !