अरुणोदयलाई इशाकाको उपाधी

खजुरा – खजुराको डीगाउँमा चलेको चौथो इशाका स्पोर्टस मिट सकिएको छ । इशाकाको उपाधी अरुणोदयले जितेको छ ।
प्रतियोगितामा प्रावि, निमावि र मावि गरि ३ तहमा एथलेटिक्स र भलिबल तथा ज्याभलिङ्ग एवं सटपटका खेलहरु समावेश थिए । प्रावितर्फ ४ गोल्ड र २ ब्रोन्ज सहित अरुणोदय बोर्डिङ स्कुल खजुरा प्रथम भएको छ । निमावि र मावितर्फ पनि ३ गोल्ड, २ सिल्भर, ४ गोल्ड, ४ सिल्भर र २ ब्रोन्ज सहित अरुणोदय बोर्डिङ स्कुल नै प्रथम भएको सचिवालय संयोजक भोला कुमार मल्ल ले जानकारी दिनुभयो ।
छात्र तथा छात्रा दुबै तर्फको भलिबलमा गुँरास चाइल्डहुड एकेडमी प्रथम र अरुणोदय बोर्डिङ स्कुल दोस्रो भएको छ भने छात्रतर्फ धु्रवतारा बिद्या मन्दिर तृतिय र छात्रा तर्फ दिपक बोर्डिङ स्कुल तृतिय भएको इशाकाले जनाएको छ ।


विभिन्न खेलमा प्रथम, दोस्रो र तेस्रो हुनेलाई मेडल तथा प्रमाणपत्र बितरण गरिएको थियो । कार्यक्रमको समापन गर्दै इशाका अध्यक्ष सतिश निरौलाले खेल आयोजना गरि भब्य रूपमा सम्पन्न गर्न सहयोग पुर्याउने सबैलाई धन्यवाद ज्ञापन गर्दै आगामी बर्षको प्रतियोगिता अझै राम्रो गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


error: यो सुविधा उपलब्ध छैन !