कर्णालीका मुख्यमन्त्री दुवै प्यानलको सचिवालयमा

नेपालगञ्ज – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही समावेशी र साझा लोकतान्त्रिक प्यानलको सचिवालयमा पुगेका छन् ।
काम विशेषले नेपालगञ्ज आइपुगेका कर्णालीका मुख्यमन्त्री शाही समावेशी र साझा लोकतान्त्रिकको न्यूरोडमा रहेको सचिवालयमा पुगेका हुन् । नेपालगञ्ज उद्योग बाणिज्य संघको चुनावी सरगर्मी चलिरहेको बेलामा नेपालगञ्ज आइपुगेका कर्णालीका मुख्यमन्त्रीलाई दुवै प्यानलले सचिवालयमा लगेका थिए ।


संघको ११ गते चुनाव हुँदैछ । समावेशी प्यानलबाट अब्दुल वाहिद मन्सुरी (चुन्ना) र साझा लोकतान्त्रिकबाट ललित रौनियारले नेतृत्व गरेका छन् । दुवै प्यानल आफ्नो पक्षमा मतदातालाई पार्न लागि परेका छन् ।
कर्णालीका मुख्यमन्त्री शाहीले व्यापारीको हकहितका लागि लाग्न सुुझाव दिएका थिए ।


error: यो सुविधा उपलब्ध छैन !