प्रकाश र प्रितिले दर्शक नचाए

कोहलपुर – बाँकेको कोहलपरमा जारी तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी एवम् पर्यटन महोत्सवको दोस्रो दिन नेपालका चर्चित गायक प्रकाश सपुत र प्रिति आलेले दर्शकहरुलाई नचाएका छन् ।
पछिल्लो समयका चर्चित गायक प्रकाश सपुतले ‘गलबन्दी च्याचियो, बोल माया बोल, यसपालीका दशैमा आउन पाइन’ लगायत आधा दर्जन गीतहरु गाएर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएका थिए ।
गायिका प्रिति आलेले ‘बामरी बामरी म गई हाल्छु भोलि, मन हुन्छ सितल, गाउँमा हल्ला चल्यो तिमि भेट्न आएको, चौतरीमा वरपीपल र मन परेको जुत्ता पो जुत्ता’ लगायतका गीतहरु गाउँदा उपस्थित दर्शकहरु छमछमी नाचेका थिए । गायक प्रकाश र गायिका प्रितिले दोहोरी ब्याटल समेत गाएका थिए ।
‘मेहनत सिर्जना उत्पादन र वस्तु, मेरै नेपालको’ भन्ने मूल नाराका साथ सुरु भएको महोत्सव माघ ५ गतेसम्म सञ्चालन हुनेछ ।


error: यो सुविधा उपलब्ध छैन !