वडाध्यक्ष र सचिवले शपथ खाए
नेपालगञ्ज – नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को नेपालगञ्ज उपमहानगर कमिटीअन्तर्गतका वडाका अध्यक्ष र सचिवहरुको शुक्रबार शपथग्रहण भएको छ ।
नेकपाका केन्द्रीय सदस्य महेश्वर गहतराज र पूर्णाकुमारी सुवेदीको उपस्थितिमा जिल्ला अध्यक्ष आईपी खरेलले शपथ गराउनुभयो ।
कार्यक्रममा सचिव अशोक कोइराला, नगर कमिटीका अध्यक्ष डिल्ली बराल, सचिव दत्तप्रसाद आचार्यलगायतले पार्टी एकताको काम टुंङ्गिसकेका कारण अब वडा र टोल स्तरमा अभियानको रुपमा जान लागिएको बताउनुभयो ।