आमाबुवालाई बेवास्ता गर्नेको सुविधा रोक्ने नीति बनाउदै उपमहानगरपालिका

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० ले जेष्ठ नागरिकलाई सम्मान गरेको छ ।
सम्मान गर्दै उपमेयर उमा थापामगरले जेष्ठ नागरिकले समाजका लागि पु¥याएको योगदान अतुलनीय रहेको बताउनुभयो ।
जेष्ठ नागरिकका लागि स्थानीय सरकार छ, उपमेयर थापाले भन्नुभयो, तपाईले युवा अवस्थामा दिनुभएको योगदानको स्थानीय सरकारले सदैव मूल्यांकन गर्नेछ ।’ जेष्ठ नागरिकलाई माया प्रेम, स्नेह र सद्भाव आवश्यक पर्ने भन्दै उहाँले आगामी दिनमा जेष्ठ नागरिकको संरक्षणका लागि नीति बनाउन लागिएको बताउनुभयो ।
आमा बुवालाई बेवास्ता गर्नेहरुको सेवा सुविधा रोक्ने उहाँको भनाई थियो । वडा अध्यक्ष विन्दुभुषण बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा वडाका ७० वर्ष पुगेका ५० जना जेष्ठ नागरिकलाई सम्मानित गरिएको थियो ।
कार्यपालिका सदस्य बसन्ता जोशी, वडा सदस्य नरबहादुर विष्ट, मनोज शाही, राजपति बसकोद लगायतले जेष्ठ नागरिकलाई शुभकामना दिदै सम्मान गर्नुभयो । जेष्ठ नागरिकलाई कम्वल सहित सम्मान गरिएको थियो ।


error: यो सुविधा उपलब्ध छैन !