बाँकेमा ५ वटा बिओपी थपिदै

नेपालगञ्ज – बाँकेको दक्षिणी सीमा ६५ किलोमिटर रहेको छ । सरकारले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीलाई राखेको छ । ६५ किलोमिटरमा ५ वटामात्रै बिओपी (बोर्डर आउट पोस्ट) हुँदा एक अर्कामा टाढा भएको थियो ।
भारतले थोरै ग्याबमा धेरै पोष्ट राखेको छ । नेपाल सरकारले पनि दक्षिण सीमा पोष्ट बनाउने निर्णय गरिसकेको छ । देशमार एक सय १४ वटा बिओपी बढ्दा बाँकेमा ५ वटा थपिने भएको छ । त्यसको शुरुवात शुक्रबार गरिएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १६ जयसपुरमा बिओपी स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३० गण बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरीक्षक दीपक अधिकारीले दिनुभयो ।
सशस्त्र प्रहरी बल नेपाल ५ नम्बर प्रदेश विन्देवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नारायणदत्त पौडेलले एक कार्यक्रमका बीच जयसपुर बिओपीको उद्घाटन गर्नुभयो । सशस्त्र प्रहरी नायब महानिरीक्षक पौडेलले नयाँ थपिने बिओपीहरुले सीमा सुरक्षा, अपराध तथा तस्करी नियन्त्रणमा अझ प्रभावकारी भूमिका खेल्ने बताउनुभयो । उहाँले जनताबाट गुनासो नभई प्रशंसा आउने गरी काम गर्न मातहतका प्रहरी अधिकारी तथा जवानहरुलाई निर्देशन दिनुभयो ।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले जयसपुर बिओपी थपिएसँगै अवैध निकासी पैठारी नियन्त्रणमा सहयोग पुग्ने बिश्वास ब्यक्त गर्नुभयो । सशस्त्र प्रहरी उपरीक्षक अधिकारीले भन्सार कार्यालय नेपालगञ्जको जग्गामा बिओपी स्थापना गर्न सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो । कार्यक्रममा भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी नकुल थापा, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली लगायत उपस्थित थिए ।


error: यो सुविधा उपलब्ध छैन !