शिक्षा र स्वास्थ्य नीति पारित

खजुरा – छैठौं गाउँसभाले खजुरा गाउँपालिकाको शिक्षा र स्वास्थ्य नीति पारित गरेको छ ।
विधान समिति संयोजक योगमाया खनालले प्रस्तुत गरेको स्वास्थ्य र शिक्षा नीति सभामा छलफलपछि पारित भएको हो । दुई वटा नीति पारित भएसँगै बैठक शुक्रबार विहान पुनः बस्ने गरी स्थगित भएको खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले जानकारी दिनुभयो । सभाको शुरुमै खजुरा गाउँपालिका प्रमुख किस्मतकुमार कक्षपतिले चालू आर्थिक वर्षमा भए गरेका कार्य प्रगतिबारे सभालाई जानकारी गराएका थिए । शुक्रकार हुने गाउँसभामा शिक्षा ऐन, मानव बेचविखन विरुद्धको नीति, बालविवाह विरुद्ध रणनीति प्रस्तुत हुने खजुरा गाउँपालिका सूचना अधिकृत दिलबहादुर पौडेलले बताउनुभयो । गाउँसभाले योजना संसोधन लगायतका विषयमा छलफल गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !