कोहलपुर महोत्सव शुरु

कोहलपुर – उद्योग तथा आपूर्तिमन्त्री लेखराज भट्टले आर्थिक समृद्धिका लागि सबै एकजुट भएर अगाडि बढ्नु पर्ने बेला आएको बताउनु भएको छ ।
बाँकेको कोहलपुमा शुरु भएको तेस्रो प्रादेशिक औद्योगिक, लघु, घरेलु, कृषि तथा प्रविधि प्रदर्शनी, एवम् पर्यटन महोत्सवको उद्घाटन मन्त्री भट्टले देश विकासमा राजनीतिक दल, निजी क्षेत्र तथा विभिन्न निकायको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले देशमा राजनीतिक क्रान्ति सकिएकाले अब मिलेर आर्थिक समृद्धिमा लाग्नु पर्ने बताउनुभयो । मन्त्री भट्टले बाँकेको नौबस्तामा बनाउन थालिएको औद्योगिक क्षेत्र सरकारको प्राथमिकतामा रहेको जानकारी दिनुभयो ।
सांसद महेश्वर गहतराजले बाँकेको कोहलपुरलाई अन्र्तराष्ट्रिय व्यापारिक केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो । कोहलपुर नगरपालिकाका नगरप्रमुख लुट बहादुर रावतले महोत्सवले स्थानीय स्तरबाटै उपादित भएको बस्तुहरुलाई विशेष प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यवाहक अध्यक्ष उमेश प्रसाद सिंहले नेपाल घरेलु तथा साना उद्योग महासंघले सबै प्रदेशमा महोत्सव लगाउने अभियानमा रहेको जानकारी दिँदै लघु उद्यमीले उत्पादन गरेका वस्तुहरु महोत्सवमा प्रर्दशन गरी आफ्नो लक्ष्य पुरा गर्नेे बताउनुभयो । उहाँले स्वदेशी वस्तुलाई विशेष जोड दिनका लागि महोत्सव आयोजना गरिएको बताउनुभयो ।
महोत्सव मूल समारोह समितिका संयोजक हेमविक्रम जिसीले स्थानीय स्तरमा उत्पादित वस्तुहरुलाई बजारीकरण गर्नका लागि महोत्सवले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।
महोत्सवको उद्घाटन अघि विभिन्न किसिमका झाँकी निकालिएको थियो । निकुञ्जबाट ल्याइएको हात्तीलाई झाँकीमा हिडाइएको थियो ।
महोत्सवमा स्थानीय स्तरमै उत्पादित वस्तु, विभिन्न जातीय खाना, बाल उद्यान, कृषि वन तथा उद्योग र पर्यटनलाई प्रवद्र्वन गर्न स्थानीय तथा स्वदेशी उत्पादनका विभिन्न स्टल, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।


error: यो सुविधा उपलब्ध छैन !