वर्षाले गर्दा क्रिकेट प्रतियोगिता सर्यो
नेपालगञ्ज – बर्षाका कारण दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता केही दिनका लागि सरेको छ ।
भोली २५ गतेबाट हुने भनिएको यस क्षेत्रकै सर्वाधिक राशिको क्रिकेट प्रतियोगिता लगातार परेको पानीले गर्दा सरेको हो ।
लगातार परेको पानीले मैदान हिलाम्य भएपछि प्रतियोगिता सरिएको प्रतियोगिता संयोजक तरुण बज्राचार्यले जानकारी दिनुभयो । उहाँले मैदान सुक्न साथ खेल सुरु हुने बताउनुभयो ।
मंगल प्रसाद माविमा पिच निमार्ण तथा खेल स्थल सरसफाइ र प्याराफिट निर्माण कार्य सकिएको आयोजक क्लवका अध्यक्ष बिस्नु अर्यालले जानकारी दिनु भयो । यो बर्ष प्रत्येक खेलाडीको बिमा हुनेछ । प्रतियोगितालाई भव्य रुपमा सम्पन गर्नले कुनै कसुर बांकी नराख्ने अध्यक्ष अर्यालले बताउनुभयो । प्रतियोगितालाई बाँके जिल्ला क्रिकेट संघले प्राबिधिक सहयोग गर्दैछ । प्रतियोगिताको बिजेताले २ लाख उपबिजेता १ लाख पाउने छन् ।