भगत भएपछि लागु औषधी !

नेपालगञ्ज – ५४ वर्षका मग्तु थारु लागु औषध कोरेक्स र नाइट्रोभेटसहित पक्राउ परेका छन् ।
सीमावर्ती भारतीय शहर रुपैडिहाबाट नेपालगञ्ज प्रवेश गरेका मग्तुले मम्फलीको पोका भित्र ३० ट्याब्लेट नाइट्रोभेट र ३ कोत्तल कोरेक्स ल्याएका थिए । जमुनाहा नाकामा रहेको जिल्ला प्रहरी कार्यालय र लागु औषध नियन्त्रण ब्यूरोको टोलीले शंका लागेर जाँच गर्दा थारु लागु औषधीसहित पक्राउ परेका हुन् ।
थारुले लागु औषधी कोरेक्स र नाइट्रोभेट आफैले खाने स्वीकार गरेका छन् । ‘पहिला दारुमासु खान्थे हजुर । अहिले त्यो छोडेर भगत भएको छु । अलिअलि यो खान्छु,’ थारुले भन्नुभयो । थारुले ५ किलो मम्फलीभित्र लागु औषधी लुकाएर ल्याइरहेका थिए ।
पछिल्लो दिनमा भगत बनेकाहरुले कोरेक्स र नाइट्रोभेट बोक्न थालेका छन् । प्रहरी स्रोतका अनुसार, नाकामा भगतहरु देखिदा जाँच गर्ने गरिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !