ट्याक्टरले कुल्चिदा मृत्यु
नेपालगञ्ज – नेपालगञ्जमा ट्याक्टरले किँच्दा एक बालकको मृत्यु भएको छ ।
भे १ त ३२३० नम्बरको ट्याक्टरले कुल्चिदा ५ वर्षीय काला कुछबधियाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरीले बताएको छ । नेपालगञ्ज–२०, गनापुरमा इट्टा बोकेको ट्याक्टरमा बालक झुण्डिएको र त्यसक्रममा बालकलाई ट्याक्टरले कुल्चेको थियो ।
ट्याक्टरले कुल्चेपछि गम्भीर घाइते भएका बालकको नेपालगञ्ज नर्सिङहोममा उपचारको क्रममा मृत्यु भएको थियो ।