नृत्यमा जेबी प्रथम

नेपालगञ्ज – नेपालगञ्जमा आयोजित नृत्य प्रतियोगितामा जय बागेश्वरी माध्यमिक विद्यालय प्रथम भएको छ ।
२९ औं प्याब्सन दिवसको अवसरमा शनिबार निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याव्सन) बाँकेद्वारा आयोजित लोक नृत्य प्रतियोगितामा जय बागेश्वरी माध्यमिक विद्यालय प्रथम भएको हो । जय बागेश्वरीले नेपालगञ्ज गत मंसिरमा नेपालगञ्ज नगर प्याब्सनले आयोजना गरेको ग्रुप नृत्य प्रतियोगितामा समेत प्रथम स्थान हात पारेको थियो ।
बाँके जिल्लामा प्याब्सनसँग आवद्ध १६ वटा विद्यालयले लोक नृत्य प्रतियोगितामा सहभागिता जनाएका थिए ।


जिभिएन माध्यमिक विद्यालय नेपालगञ्जले दोस्रो स्थान हात पारेको छ । प्रतियोगितामा ग्रिन पिस मावि कोहलपुर र लिटिल एञ्जल्स कोहलपुर तेस्रो एका छन् भने युनाईटेड एजुकेशनल एकेडेमीले सान्त्वना स्थान हात पारेको छ ।
प्याब्सन दिवसको अवसरमा नेपाली लोक संस्कृति झल्किने खालको नृत्यलाई प्राथमिकता दिई उक्त प्रतियोगिताको आयोजना गरेको बाँके प्याब्सनका अध्यक्ष राजेन्द्रकुमार आचार्यले जानकारी दिनुभयो ।
नेपाली लोक संस्कृतिको जगेर्ना गर्दै विद्यार्थीहरुमा भएको अन्तरनिहित प्रतिभा प्रस्फुटन गर्न विभिन्न कार्यक्रमको आयोजना गरेको प्याब्सन बाँकेका अध्यक्ष आचार्यले बताउनुभयो ।
प्रतियोगितामा विजेता विद्यालयलाई आगामी पौष २४ हुने ‘प्याब्सन डे’को अवसरमा प्रमाणपत्र सहित पुरस्कार प्रदान गरिने नेपालगञ्ज नगर प्याब्सनका अध्यक्ष विकास बज्राचार्यले जानकारी दिनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !