अनुराधा कोइरालाद्वारा नेपालगञ्ज नाकाको अनुगमन
नेपालगञ्ज – माइती नेपालका संस्थापक अध्यक्ष अनुराधा कोइरालाले नेपालगञ्ज नाकाको अनुगमन गर्नु भएको छ ।
मावन बेचबिखन तथा जोखिमपूर्ण यात्राका लागि चर्चित नेपालगञ्ज नाकामा पुगेर कोइरालाले अनुगमन निरीक्षण गर्नुका साथै त्यहाँ खटिएका कर्मचारीलाई उर्जा थप्नुभयो । माइती नेपालले नेपालगञ्ज नाकामा पोष्ट नै राखेर काम गरिरहेको छ ।
संस्थापक अध्यक्ष कोइरालाले नाकामा रहेका सम्बन्धित सरोकारवाला निकायसँग अन्तरक्रियासमेत गर्नुभयो ।
सधैं भीडभाड हुने भएकाले दलालले नेपालगञ्ज नाकालाई रोजेको पाइन्छ । यस क्षेत्रको मात्रै होइन, पूर्वको झापा र इलामका महिला यो नाकाबाट भारत प्रवेश गर्न आएको पाइन्छ । सन् २०१९ मा झापाका चार जना महिला र इलामका एकजनालाई माइती नेपाल, नेपालगञ्जले यो नाकाबाट फिर्ता गरेको छ । यो वर्ष माइती नेपालले ८ सय ९६ जनालाई घर फिर्ता गरेको थियो ।
माइती नेपाल, नेपालगञ्जका प्रमुख केशव कोइरालाले संस्थापक अध्यक्ष अनुराधा कोइरालाको आगमन, अनुगमन र निर्देशनले कर्मचारीलाई काममा थप उर्जा मिलेको बताउनुभयो ।