रौनियारको नेतृत्वमा साझा प्रजातान्त्रिकको प्यानल

 

नेपालगञ्ज – नेपालगञ्ज उद्योग बाणिज्य संघको आगामी निर्वाचनका लागि साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले ललितकुमार रौनियारलाई अगाडि सारेको छ ।
साझा प्रजातान्त्रिक उद्योगी व्यवसायी समूहले शुक्रबार सार्वजनिक गरेको प्यानलमा उद्योगतर्फको उपाध्यक्षमा तपेन्द्रविक्रम शाह र बाणिज्य उपाध्यक्षमा अमित बस्नेत रहेका छन् ।


सदस्यहरुमा अजयकुमार टण्डन, सुनिल सिंघल, विन्दु चर्तिमगर, टंकप्रसाद शर्मा, टेकबहादुर खड्का, मख्खनबहादुर धामी, तेजनारायण कँडेल, बदरुद्दिन अन्सारी, विष्णुप्रसाद श्रेष्ठ, दिपेन्द्रराज श्रेष्ठ, सन्तोषकुमार बैश्य र सुरेन्द्रसिंह सरदार रहेका छन् ।
साझा प्रजातान्त्रिक समूहको उम्मेदवारी घोषणा सभामा प्रदेश सांसद याकुव अन्सारी, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठ, संघका नन्दलाल बैश्य, पूर्वअध्यक्ष सुनिल शर्मालगायतले व्यापारी हकहितका लागि लाग्न सुझाव दिएका थिए ।


अध्यक्षका उम्मेदवार रौनियारले व्यापारीको हकहित संरक्षण र संघलाई बलियो बनाएर साझा थलोको रुपमा विकास गरेर अघि बढ्ने प्रतिबद्धता गर्नुभयो । उहाँले विगतमा गरिएका कतिपय गतिविधि त्यस समय अनुकूलका भएकाले त्यसलाई आधार नमान्न आग्रह गर्नुभयो ।
माघ ११ गते हुने चुनावका लागि दुई वटा प्यानलले उम्मेदवारी घोषणा गरेपछि चुनावी सरगर्मी शुरु भएको छ । चुनावमा समावेशी प्यानलले अब्दुल वाहिद मन्सुरी (चुन्ना) को नेतत्व प्यानल घोषणा गरिसकेको छ ।


error: यो सुविधा उपलब्ध छैन !