चट्याङले पाँच जना घाइते

नेपालगञ्ज – शुक्रबार विहान चट्याङ लाग्दा नेपालगञ्जमा पाँच जना घाइते भएका छन् ।
नेपालगञ्ज–१३ का रहेको गुरुदिन खटिकको घरमा चट्याङ परेको हो । विहान पौने सात बजे चट्याङ पर्दा रामसुप खटिक, राधिकराम खटिक, शुगी खटिक र खुशीराम खटिक घाइते भएका छन् । खुशी कोहलपुर निवासी हुन् । उनी गुरुदिनको घरमा पाहुना आएका थिए । चट्याङले एउटा बंगुर मरेको छ ।
घाइते सबैको भेरी अस्पतालमा उपचार भइरहेको छ । अवस्था सामान्य रहेको छ । घरमाथि चट्याङ परेको र त्यसको झिल्कोले उनीहरु घाइते भएका थिए ।
बाँकेलगायत यस क्षेत्रमा विहानपख पानीसँगै चट्याङ परेको थियो । केहीबेर एकोहोरो चट्याङको आवाजले स्थानीय त्रसित भएका थिए । हिमाली तथा पहाडी जिल्लामा हिऊ पर्दा बाँके र बर्दियालगायत तराईका जिल्लामा पानी परेको छ ।


error: यो सुविधा उपलब्ध छैन !