वडाध्यक्षहरु उत्साहित

नेपालगञ्ज – अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगितालाई सफलतापूर्वक सम्पन्न गराउन वडाध्यक्षहरु प्रतिबद्ध भएका छन् । वडासँग जोडिएको प्रतियोगिता भएकाले वडाध्यक्षहरु उत्साहित पनि भएका छन् । पुष २५ गतेदेखि प्रतियोगिताको दोस्रो संस्करण हुँदैछ ।
बिहीबार भएको छलफल कार्यक्रमा उनीहरुले प्रतियोगिता वडासँग जोडिएकोले यसलाई भब्यताका साथ सफल पार्न एकजुट हुनु पर्ने बताए । वडा नम्वर ७ का अध्यक्ष जुमन खाँले प्रतियोगिता सफल पार्न सवैले हातेमालो गर्नु पर्ने बताउनुभयो । उहाँले क्रिकेटको उर्वरभूमि नेपालगञ्जको क्रिकेट खेलको विकास गर्न सबै एक जुट हुनुपर्ने बेला आएको बताउनुभयो ।
१२ नम्बर वडाका अध्यक्ष वुद्धिसागर सुवेदीले क्रिकेट खेलको विकासका लागि आफु सधै लाग्ने बताउनुभयो । वडा नम्वर १० का अध्यक्ष विन्दु भुषण वस्नेत, ६ का अध्यक्ष समिर प्रताप सिंह, ११ का अध्यक्ष उज्वल सिंह राठौर, १३ नम्बरका विरेन्द्र शाह, १४ का ओमकारनाथ मिश्र, १५ का वल्लन कवाडिया, २२ नम्बर वडाका विद्याराम वर्माले प्रतियोगितालाई भब्य रुपमा सम्पन्न गर्न आफुले सक्दो सहयोग गर्ने बताउनुभयो ।
कार्यक्रम संयोजक तरुण बज्राचार्यले सहजीकरण गरेको कार्यक्रममा क्लवका अध्यक्ष विष्णु अर्याल, सचिव सन्तोष शाह, सदस्य विकास बज्राचार्य लगायतको सहभागिता रहेको थियो । द गु्रप अफ सिस्टिन युथ क्लवको आयोजना, नेपालगञ्ज उपमहानगरपालिकाको सहकार्य, बाँके जिल्ला क्रिकेट संघको प्रविधिक सहयोगमा नेपालमै पहिलो पटक सबै वडाहरुको सक्रियता हुन लागेको प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ ।


error: यो सुविधा उपलब्ध छैन !