मुख्यमन्त्रीले गरे हात्ती सफारी

 

नेपालगञ्ज – नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भसँगै बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीको शुरुवात गरिएको छ । ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले हात्तीमा सफारी गरेर त्यसको शुभराम्भ गर्नु भएको हो ।
कोहलपुर–१३, खड्गवारमा कार्यक्रम गरेर भ्रमण वर्षको स्वागत गर्दै मुख्यमन्त्री पोखरेलसहितको टोलीले केहीबेर हात्ती सफारी गर्नुभयो । सो अवसरमा मुख्यमन्त्री पोखरेलले बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटकीय गन्तब्य रुपमा विकास गर्न सकिने बताउनुभयो ।


मुख्यमन्त्री पोखरेलले पर्यटक बढाउनका लागि गन्तब्य स्थानहरु पहिचान गर्नु पर्ने बताउदै त्यसमा निकुञ्ज एउटा राम्रो गन्तब्यस्थल रहेको बताउनुभयो । निकुञ्ज बनेपछि वन्यजन्तुसँग द्वन्द्व बढेको स्मरण गर्दै पोखरेलले प्रकृतिमैत्री वातावरण बनाउदै जादा त्यस्ता द्वन्द्व कम हुँदै जाने बताउनुभयो ।
५ नम्बर प्रदेश सरकारले पश्चिम क्षेत्रलाई प्रमुख गन्तब्य स्थल बनाउन बर्दियाबाट भ्रमण वर्षको शुभराम्भ गर्न थालेको बताउदै पोखरेलले बाँके निकुञ्जको जंगल सफारी पर्यटक तान्ने महत्वपूर्ण कार्य हुने बताउनुभयो । उहाँले नेपालगञ्जका होटल व्यवसायीहरुलाई प्याकेजसहित गन्तब्य स्थलको विकासमा ध्यान दिन आग्रह गर्नुभयो ।


मुख्यमन्त्री पोखरेलले भ्रमण वर्ष अवधिमा पर्यटकीय गन्तब्यहरुमा परिवारसहित घुम्ने वातावरण बनाउन सबैलाई आग्रह गर्नुभयो ।
बाँके राष्ट्रिय निकुञ्जका मुख्य संरक्षण अधिकृत प्रमोद भट्टराईले बाघ संरक्षणका लागि बनाइएको बाँके निकुञ्ज पर्यटकको आकर्षक बन्दै गएको बताउनुभयो ।


error: यो सुविधा उपलब्ध छैन !