चालिस हजार राशीको ब्याडमिन्टन हुँदै

नेपालगञ्ज – एचसीआरसी कप ब्याडमिन्टनको दोस्रो संस्करण आगामी पौष २४ गतेदेखि नेपालगञ्जमा हुने भएको छ ।
तीन दिनसम्म सञ्चालन हुने प्रतियोगितामा ६ वटा इभेन्टहरु समावेश गरिएका अयोजकले जनाएको छ । प्रतियोगितामा जुनियर अण्डर–१३ छात्र, छात्रा, अण्डर १६ छात्र, छात्रा, मिक्स डबल्स र खुल्ला डबल्स गरि ६ वटा इभेन्टहरु रहेका छन् ।
आयोजक संस्थाका अध्यक्ष डा. कुमार सान शाहका अनुसार, डबल्स खुल्लातर्फ प्रथम, द्वितिय र तृतिय हुनेलाई नगद ४० हजार, २० हजार र १० हजार रुपैया पुरस्कार रहेको छ ।
प्रतियोगितामा सहभागीताका लागि डबल्स खुल्ला टीमतर्फ १५ हजार, विद्यालय स्तरीय प्रति खेलाडी २ सय रुपैया र मिक्स डबल्सतर्फ ५ सय रुपैया प्रवेश शुल्क तोकेको अस्पतालका व्यवस्थापक रमेश सिटौलाले जानकारी दिनुभयो । अस्पतालको स्थापना दिवसको अवसर पारी हरेक बर्ष सो प्रतियोगिताको आयोजना गरिन्छ ।


error: यो सुविधा उपलब्ध छैन !