सडक निर्माणका क्रममा खनेको खाल्डोमा डुबेर मृत्यु

नेपालगञ्ज – बाँकेको नरैनापुर गाउँपालिका वडा नम्बर १, सुइयामा खाल्डोमा डुबेर बालकको मृत्युु भएको छ ।
हुलाकी सडक निर्माणका क्रममा माटोका लागि खनिएको खाल्डोमा डुबेर स्थानीय मक्दुल खाँका अढाई वर्षीय छोरा इसरार खाँको बुधबार दिउँसो मृत्यु भएको गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताउनुभयो ।
अध्यक्ष शाहका अनुसार, सडक निर्माणका क्रममा जथाभावी खनेर छोडिएका खाडलमा डुबेर यसअघि पनि नरैनापुर गाउँपालिकामा दुई बालकको मृत्युु भइसकेको छ । ठेकेदार कम्पनीको लापरबाहीका कारण वडा नम्बर २ लक्ष्मणपुर र वडा नम्बर ६ गंगापुरमा दुई बालकले ज्यान गुमाउनुपरेको उहाँले बताउनुभयो । मृतक बालकलाई पोष्टमार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज ल्याइएको छ ।


error: यो सुविधा उपलब्ध छैन !