सिद्धान्तको उत्कृष्ट ब्याटिङ

नेपालगञ्ज – नेपालगञ्जमा जारी वडास्तरीय क्रिकेटमा वडा नम्बर एक र आठ विजयी भएका छन् ।
पहिलो खेलमा आठले वडा नम्बर १६ लाई ७१ रनले पराजित गर्यो । टस हारेर व्याटिङ गरेको वडा नम्बर आठले २० ओभरमा ४ विकेट गमाउँदै १ सय ४३ रन बनायो । जवाफी व्याटिङमा वडा नम्बर १६ ले १९.१ ओभरमा सबै विकेट गुमाएर ७२ रनमात्र बनाउन सक्यो ।
वडा नम्बर आठका लागि अफाक शेखले ४२ बलमा १ छक्क र ६ चौकाको मद्दतले ४२ रन बनाए । समसुद्दिन अन्सारीले २२ बलमा २ छक्का र ३ चौकासहित २९ रनको योगदान दिए । त्यसैगरी कैफ खानले ३२ बलमा १ छक्का र १ चौकाको मद्दतले २७ रनको योगदान दिए ।
वडा नम्बर १६ का गुलाम फारिदले ४ ओभरमा ३० रन दिँदै २ विकेट लिए । आदिल अन्सारीले ४ ओभरमा २१ रन दिएर १ विकेट लिएका थिए ।
प्रतियोगितामा वडा नम्बर १६ का रिजवान अन्सारीले ३२ बलमा एक चौकाको मद्दतले ११ रनमात्र बनाउन सफल भए ।
वडा नम्बर १६ विरुद्ध वडा नम्बर ८ का दिनेश केवटले ३ विकेट लिन सफल भए । त्यसैगरी अफाक शेख, नासिर अन्सारी र जानु कासगरले समान २–२ विकेट लिएका थिए ।
अर्को खेलमा एक नम्बर वडाले १४ नम्बरलाई ६५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको एक नम्बरले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ८० रनको योगफल तयार पारेको थियो । टोलीका लागि सिद्धान्तराज शाहीले ९१ रन बनाए । सिद्धान्तले बुधबार बनाएको रन जारी प्रतियोगिताकै एउटा खेलाडीले बनाएको सर्वाधिक ब्यक्तिगत रन हो । सिद्धान्तले ५४ बलमा ११ चौका र २ छक्का प्रहार गरेका थिए । रोशन केसीले ३५ रन अमित पौडेलले १६ रन बनाए ।
१४ नम्बरका वलर अरुण श्रेष्ठले ३ विकेट लिए । जवाफमा १४ नम्बर वडाले २० ओभरमा ५ विकेटको नोक्सानीमा १ सय १६ रनमात्र बनाउन सक्यो । टोलीका इमरान आलमले ३७ रन, युवराज शर्माले २८ र नरेश शर्मा तिवारीले २३ रन जोडे । १ नम्बरका हिमान्सु राणाले ३ विकेट र सिद्धान्तराज शाहीले १ विकेट लिए । खेलमा सिद्धान्त म्यान अफ द म्याच र हिमान्सुले क्याच अफ द मुभमेन्टको पुरस्कार पाउन सफल भए ।


error: यो सुविधा उपलब्ध छैन !