नेकपाको महाधिवेशनमा २०७७ चैत्रमा
काठमाडौं – नेकपाले एकताको महाधिवेशन २०७७ साल चैत अन्तिम हप्ता गर्ने प्रस्ताव गरेको छ ।
केन्द्रीय कमिटीको दोस्रो बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिवेदनमा २०७७ साल चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव गरिएको हो ।
तत्कालीन एमाले र माओवादी केन्द्रले २०७५ जेठ ३ गते एकता घोषणा गरेका थिए । केन्द्रीय सदस्य विष्णु रिजालले अध्यक्षको राजनीतिक प्रतिवेदनमा ७७ चैत अन्तिममा महाधिवेन गर्ने प्रस्ताव गरिएको बताउनुभयो । एकताको दुई वर्षभित्र महाधिवेशन गर्ने भनिएको थियो । बुधबार सुरु भएको केन्द्रीय समिति बैठक आइतबारसम्म चल्ने भएको छ ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि २०७७ साल फागुन ७ देखि १० गतेसम्म महाधिवनेश गर्ने निर्णय गरेको छ ।