सुर्खेतमा लाग्यो कर्फ्यु

सुर्खेत – टिप्परको ठक्करबाट युवकको मृत्यु भएपछि तनावग्रस्त बनेको सुर्खेतमा कर्फ्यु लागेको छ ।
जिल्ला प्रशासन कार्यालय, सुर्खेतले साँझ साढे ६ बजेदेखि विहान ६ बजेसम्म कर्फ्यु लगाएको हो । जिल्ला प्रशासन कार्यालयका अनुसार, पूर्वमा इत्रामखोला, पश्चिममा बांगेसिमल, उत्तरमा कपासे ब्यारेक र दक्षिणमा रत्न राजमार्गको पाँच सय मिटर आसपासमा कर्फ्यु लागेको छ ।
वीरेन्द्रनगर–४, गौतम चोकमा भे १ ख २२४२ नम्बरको टिप्परले ठक्कर दिंदा भे ६ प २१७८ नम्बरको मोटरसाइकलमा रहेका कालिकोटका २० वर्षीय केशरबहादुर सिंहको मृत्यु भएको थियो ।
प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीले घरपरिवारसँग सहमति गरेर लाश उठाउन खोज्दा स्थानीय भीडले नदिएपछि प्रहरीले बल प्रयोग गरेको बताउनुभयो । प्रहरीले बल प्रयोग गर्दै अश्रृंग्यास र हवाई फायर गर्दा आधा दर्जन बढी घाइते भएका छन् ।


error: यो सुविधा उपलब्ध छैन !