प्रहरी देखेपछि मोटरसाइकल र कुखुरा छोडेर टाप

नेपालगञ्ज – बाँके प्रहरीले ठूलो मात्रामा कुखुरा बरामद गरेको छ ।
परसपुर नाकाबाट मोटरसाइकलमा राखेर २ सय १२ वटा कुखुरा ल्याइरहेका दुई जनालाई प्रहरीले नियन्त्रण लिएको हो । तीन वटा मोटरसाइकलमा कुखुरा ल्याइदै थियो । प्रहरीलाई देखेपछि एकजना मोटरसाइकल छोडेर भागेका छन् । प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा साईगाउँका कासिम कवाडिया र रहिस कवाडिया रहेका छन् ।
दुई जना मान्छे, तीन वटा मोटरसाइकल र २ सय १२ वटा कुखुरालाई प्रहरीले क्वारेन्टाइन पठाएको छ ।
खुला नाकाको फाइदा उठाउदै कारोबारीले छोटी नाकाबाट भारतीय कुखुरा नेपालगञ्ज भित्र्याइरहदा यहाँका व्यवसायीले चर्को विरोध गर्दै आएका छन् । विहान झिस्मिसेमा कारोबारीले कुखुरा पास गर्ने गरेको पाइन्छ ।
प्रहरीले बुझाएको कुखुरालाई क्वारेन्टाइनले नष्ट गर्ने र मान्छेलाई जरिवाना तिराएर छोड्ने गर्दछ ।


error: यो सुविधा उपलब्ध छैन !