दीपिका र रणवीरको कसको धेरै कमाई ?

बलिउड कपल रणवीर सिंह र दीपिका पादुकोण धेरेका फेवरेट कलाकार हुन् । दुवैजना बलिउडमा उत्कष्ट करियर भएका कलाकार हुन् । फोब्र्स इण्डिया पत्रिकाले आफ्नो टप १०० सेलिब्रिटीजको लिष्ट जारी गरेको छ र यसमा रणवीर र दीपिका दुवैले स्थान बनाएका छन् ।
तर, यसपटक अघिल्लो वर्ष भन्दा धेरै फरक नतिजा आएको छ । अघिल्लो वर्ष दीपिका पादुकोणको नाम सबैभन्दा धेरै कमाउने १०० जना मध्ये टप पाँचमा थियो र रणवीरको ८ नम्बरमा थियो । तर एकै वर्षमा रणवीर दीपिका भन्दा अघि देखिएका छन् ।
सन २०१९ को लिस्टमा रणवीर सिंहको रैंक ७ नम्बरमा पुगेको छ भने दीपिकका १० नम्बरमा झरेकी छन् । हुन त रणवीर एक नम्बर मात्रै अघि बढेका छन् तर दीपिका चार नम्बरबाट झरेर १० मा पुगेकी छन् ।


error: यो सुविधा उपलब्ध छैन !