दुई लाख पुरस्कारको वडास्तरीय क्रिकेट हुँदै

नेपालगञ्ज – अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो संस्करणमा पुरस्कार राशी दोब्बर पारिएको छ ।
पहिलो संस्करणमा एक लाख पुरस्कार रहेको अन्तर वडास्तरीय क्रिकेटमा यसपाली दुई लाख बनाइएको आयोजक द गु्रप अफ सिस्टिन युथ क्लवले जनाएको छ । पुस २२ गतेदेखि माघ ४ गतेसम्म प्रतियोगिता हुने कार्यक्रम संयोजक तरुण बज्राचार्यले जानकारी दिनुभयो ।
प्रतियोगितामा नेपालगञ्जका २३ वटै वडाको टीमको सहभागिता हुनेछ । गतवर्ष पनि भएका थिए । यसपाली अझ व्यवस्थित र भब्य बनाउन आयोजक लागि परेको ब्रजाचार्यले बताए । ‘उद्घाटन र समापनमा सांस्कृतिक कार्यक्रम पनि गर्ने तय गरेका छौं, बज्रचार्यले भन्नुभयो, कार्यक्रमको बजेट ३० लाख रुपैया रहेको छ ।’
खेलाडीको बीमा गरिएको छ । दोस्रो हुने टीमलाई एक लाख, म्यान अफ द सिरिजलाई ५० हजार रुपैया राखिएको छ । विधागत उत्कृष्ट खेलाडीलाई २०-२० हजार रुपैया राखिएको छ । क्यानको प्राविधिक सहयोग र नेपालगञ्ज उपमहानगरपालिकाको समन्वय रहेको प्रतियोगिताले वडा वडामा खेलाडी उत्पादनमा सघाउ पु¥याउने आशा गरिएको छ । आयोजकले ‘हाम्रो अभियान, वडाभित्रको खेलाडी पहिचान’ भन्ने नारालाई अघि सारेका छन् ।
प्रतियोगितामा सहभागिता जनाउन २३ वटै वडाका अध्यक्षले सहमति जनाइसकेका छन् । नेपालगञ्जमा हुन थालेका दुई लाख पुरस्कारका प्रतियोगिताले खेलाडी उत्पादनमा टेवा पुग्ने प्रतियोगिताका संयोजक बज्राचार्यको भनाई रहेको छ ।
नेपालगञ्ज क्रिकेटमा अगाडि आउने नाम नै हो । महिला क्रिकेटको जन्मदाता नै हो । महिला क्रिकेटमा दोस्रो पुस्ता निकाल्न गाह्रो भइरहेको छ । नेपालगञ्जमा क्रिकेट मैदान नहुँदा पनि ठूलो असर परेको छ । मंगलप्रसाद माविको खेल मैदानले अहिलेसम्म धानेको छ । वडास्तरीय क्रिकेट प्रतियोगिता पनि यही नै हुँदैछ ।


error: यो सुविधा उपलब्ध छैन !