सागका विजेतालाई सम्मान

नेपालगञ्ज – तेह्रौ सागमा पदक जितेका बाँकेका खेलाडीलाई सम्मान गरिएको छ ।
जुमा स्पोर्टस क्लवले भारोत्तोलनका स्वर्ण विजेता सञ्जु चौधरी र कास्य जितेका प्रकाश केसीलगायतलाई सम्मान गरेको हो । जिल्लाबाट प्रतिनिधित्व गरेर सागमा पदक जितेका सबै खेलाडीलाई सम्मान गर्ने बताएर आमन्त्रण गरिएको भएपनि सञ्जु र प्रकाशबाहेक अरु जिल्ला बाहिर रहेकाले कार्यक्रममा उपस्थित थिएनन् । आयोजकले जुडोका सोनिया भट्ट र दिपा गुरुङ, फुटबलर निरु थापाका अभिभावक र प्रशिक्षकलाई कदर पत्र हस्तान्तरण गरेका थिए । भारोत्तोलनका प्रशिक्षक सकिल अहमद हलवाई पनि सम्मान गरिएको थियो ।
भारोत्तोलनमा नेपालगञ्जले सधैं दबदबा कायम गर्दै आएको छ । ओलम्पियन सुरेन्द्र हमालदेखि अन्तर्राष्ट्रिय पदक धेरै जित्ने समसुद्दिन सिद्धिकीसम्म नेपालगञ्जका हुन् । भारोत्तोलन संघका केन्द्रीय अध्यक्ष रतन टण्डन नेपालगञ्ज निवासी भएकाले पनि भारोत्तोलनमा नेपालगञ्जको नाम अगाडि आउने गरेको छ ।
नेपाल उद्योग बाणिज्य महासंघका सदस्य कृष्णप्रसाद श्रेष्ठ, राखेपका पूर्व सदस्य विनोद मैनाली, मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका सदस्यका पूर्व अध्यक्ष भीम वली, भारोत्तोलनको धेरै पटक जित्ने समसुद्दिन सिद्धिकी, नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलल बैश्य, जुमाका अध्यक्ष भीम रानाभाटले सम्मानित खेलाडीलाई प्रमाणपत्र एवं दोसल्ला ओढाएर सम्मान गरेका थिए ।


error: यो सुविधा उपलब्ध छैन !