पढ्नु पर्ने खलील जीब्रान

‘आउने पिढीले गरिवीबाट समानता र संकटबाट प्रेम सिक्नेछन् ।’ –खलील जीब्रान का भनाइहरु अहिले कति सान्दर्भिक छन् हामी आफु मनन गर्न सक्छौं ।
द न्युयोर्क सन पत्रिकाले उनको मृत्युमा लेखेको थियो अ प्रोफेट इज डेथ- १९३१ अप्रिल १० मा उनले भौतिक संसार छाडे पनि उनका कृति र चित्रकलाले कैयौं युग सम्म उनलाई याद गरिरहने छ । फारसी, अरबी, अँग्रेजी र फ्रेन्च भाषका जानकार थिए उनी ।
अक्सर मानिसको स्वभाव हुन्छ, अप्ठेरो पर्दा आफन्त गुहार्ने अनि उपाय नलागे भगवानको नाम लिने ।  खलील जीब्रान का पंक्ति मानसपटलमा फेरी प्रकट हुन्छन् । उनी भन्थे रे –‘मन्दिरको द्वारमा सबै भिखारी हौं ।’ उनी भन्थे –‘ तिम्रो मित्र तिम्रो आवश्यकताको उत्तर हो’ ।
६ जनवरी १८८३मा लेबनानको बथरीमा जन्मीएका खलील जीब्रान लाई औपचारिक शिक्षा बाल्यकालमा सहज भएन । उनी १२ वर्षको हुुँदा बल्लतल्ल विद्यालय जान पाएका थिए । १९१२ मा उनको परिवार वेल्जियम, फ्रान्स हुँदै अमेरीका बसाँई सरेको थियो । तर संसारभरी अहिले सम्मका लेखकहरु मध्य सबैभन्दा बढी विक्री हुने लेखक मध्य तेस्रोमा पर्छन् उनकै रचना (पहिलो शेक्सपियर र दोश्रोमा लाओ टेज ) ।
उनका फुटकर कविता, निवन्ध र आलेखहरु प्राय सबै चर्चित नै हुन्थे । उनले लेखेको एउटा कृति द प्रोफेट विश्वभरी तरंग ल्याउने कृति मध्येको एक हो । ३० भन्दा बढी भाषमा उल्था भएको उक्त कृतिमा जीब्रान ले विवाह, प्रेम, मृत्यु, आत्मज्ञान, अपराध, दण्ड, कर्म, बाल्यकाल र जीवन लगायत २६ वटा विषयलाई समावेस गराएका छन् । उक्त कृतिको अँग्रेजी ओरीजिनल भर्सन ९ लाख भन्दा बढी विक्री भइसकेको छ । उनको कविता चिल्डे«न निकै चर्चित छ ।
मानिसका विभिन्न स्वभावहरु हुन्छन् । हरेक ब्यक्तिका आनिबानी र स्वभाव एकै हुँदैनन् तर सबैमा उत्कण्ठा हुन्छ । त्यही उत्कण्ठालाई जीब्रान ले ज्ञानको शुरुवात भनेका छन् । चित्रकलामा समेत निपुन रहेका जीब्रान को १९०४को चित्रकला प्रदर्शनीले निकै ख्याति कमायो । उनीले चित्रकला सम्बन्धि विषयमा १९०८ देखि २ वर्षकालागी पेरीस गएर अध्ययन गरे ।
मानिसले सबै कुरा सोचेर मात्रै पुग्दैन सायद समय र परिस्थितिलाई बुझ्न सक्नु पर्छ, प्रतिकुलताबीच अनुकुलता खोजिरहँदा जीब्रान का कृति सबैका लागी सञ्जीवनी बुटी झैं हुन सक्छन् । जीवन निर्वाहका लागी प्रति लेख २ अमेरीकी डलर पाउने सर्तमा जीब्रान ले द इमिग्रेन्ट अल मोहजीर पत्रिकाका लागी समेत लेखहरु लेख्न थाले । सोही अवधि अस्पतालकै शैयाबाट विभिन्न नेपाली र भारतीय पत्रपत्रिका र अनलाइनलाई मैले पनि लेखहरु लेख्न थालें ।
उनको संघर्षका गाथा निकै लामा छन्, संघर्षको बाटो हिंड्दा जीब्रानले आफ्नो जीवनमा निकै उत्कृष्ट कृति छाडेर गए । उनलाई भौतिक रुपमा देख्न नपाएपनि मलाई अस्पतालका बेडमा दायाँ र बाँया कोल्टे फर्कदा उनै जीब्रानका कृतिहरुले जीवन प्रति प्रेम जगाउँथे ।


error: यो सुविधा उपलब्ध छैन !