समावेशी प्यानलले थाल्यो घरदैलो

नेपालगञ्ज – समावेशी प्यानलले घरदैलो थालेको छ ।
नेपालगञ्ज उद्योग बाणिज्य संघको माघ ११ गते हुने चुनावमा समावेशी प्यानल बनाएको वरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी (चुन्ना) को टोलीले घरदैलो थालेको हो । घरदैलोमा ज्ञानेन्द्र श्रेष्ठ, आदेश अग्रवाल, अभय बस्नेत, भीम रानाभाट, टंक धामी, हरिलाल न्यौपाने, चिरञ्जीवि ओलीलगायत हिडेका छन् ।
संघमा तीन हजार मतदाता रहेका छन् । मतदातालाई धेरै भन्दा धेरै पटक भेट्नका लागि उम्मेदवारहरु निस्केका छन् । समावेशी प्यानलले आन्तरिक रुपमा उम्मेदवारको टुंगो लगाएपनि सार्वजनिक गरिसकेको छैन । बुधबार उम्मेदवार घोषणा हुने तय भएको छ ।
समावेशी प्यानललाई जिताउन नेपालगञ्जका व्यापारी अगुवा दामोदर आचार्य, कृष्णप्रसाद श्रेष्ठ, मधुसुदन शर्मा, सेम शाक्य, नन्दलाल बैश्य, दुर्गाप्रसाद भण्डारीलगायत लागेका छन् ।


error: यो सुविधा उपलब्ध छैन !