राजमान आए, सरसफाई गरेर गए

नेपालगञ्ज – कीर्तिपुरका राजमान मानव र सुशीला महर्जनको टोलीले सोमबार नेपालगञ्जको सडक सरसफाई गरेका छन् ।
सरसफाई अभियान्ता राजमानको २० जनाको टोलीले विहान करिव दुई घण्टा नेपालगञ्जको सडकको सरसफाई गरेको थियो । त्यसमा उपमहानगरपालिकाले कुनै संलग्नता जनाएन । एकाएक २० जनाको टोली आएर सडक सरसफाई गरेर गएका थिए ।
देशको विभिन्न शहरको सरसफाई अभियानमा निस्केको राजमान र सुशीलको टोलीले यसअघि पनि नेपालगञ्जको सडक सरसफाई गरेका थिए । यसअघि सात दिन नेपालगञ्जमा बसेका उनीहरुसँग यसपाली उपमहानगरपालिकाको समन्वय हुन सकेन । उनीहरु आफ्नै तरिकाले आएर सरसफाई गरेर गएका छन् ।
आफै खाद्यान्न बोकेको राजमानको टोली नेपालगञ्जस्थित एक गैरसरकारी संस्थाको कार्यालयमा बसेको थियो । नेपालगञ्जको सडक सरसफाई हुँदा सरसफाईमा काम गरिरहेको इन्प्रोक नेपाल र स्वच्छ नेपाल, हाम्रो अभियान नामक संस्थाले साथ दिएको थियो । सरसफाई गर्ने विशेष यन्त्र लिएर हिड्ने राजमानको टोलीले सरसफाई गरिदिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालय अगाडिको सडक सफा देखिएको छ ।


error: यो सुविधा उपलब्ध छैन !