चिसोले गर्दा विद्यालय बन्द

नेपालगञ्ज – अत्याधिक चिसो भएपछि बाँकेका दुई वटा पालिकाले स्कूल बन्द गराएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाले चिसो कारण बालबालिका प्रभावित भएको भन्दै १५ गतेदेखि १८ गतेसम्म विद्यालय बन्द गर्न निर्देशन जारी गरेका हुन् । बाँकेमा केही दिनदेखि शीतलहर चलेको छ । सोमबार दिउँसो भने केहीबेर घाम लागेको थियो ।
नेपालगञ्जमा अधिकतम १२ र न्यूनतम तीन डिग्रीसम्म तापक्रम झरेको छ । चिसो हावा र शीतलहरका कारण बालबालिकालाई असहज भएको भन्दै विद्यालय बन्द गरिएको हो । नेपालगञ्जका कतिपय स्कूलमा यतिबेला परीक्षा चलिरहेको छ ।


error: यो सुविधा उपलब्ध छैन !