मेल्भिनको जन्मोत्सवमा डिस्ट्रिक गभर्नरको उम्मेदवारी घोषणा
नेपालगञ्ज – लायन्स क्लब इन्टरनेसनलका संस्थापक मेल्भिन जोनको १ सय ४३ औं जन्मोत्सवको अवसर पारेर प्रथम भ्वाइस डिस्ट्रिक गभर्नर पदको उम्मेदवारी घोषणा गरिएको छ ।
एरिया चिफ लायन्स होमनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा उम्मेदवारी घोषणा गरिएको हो ।
मेल्भिन जोनको जन्मोत्सवको अवसर पारेर डिष्ट्रि«क ३२५ एन नेपालको डिस्ट्रिक गभर्नर पदमा लायन एमजेएफ सिबी चन्द, डिस्ट्रिक ३२५ एन नेपालको फस्ट भाइस डिस्ट्रिक गर्भनरमा लायन एमजेएफ मुकुट ढकाल, डिस्ट्रिक ३२५ एन नेपालको सेकेन्ड भाइस डिस्ट्रिक गर्भनरमा लायन एमजेएफ बिनोद कुमार श्रेष्ठले उम्मेदवारी घोषणा गरेका छन् ।
लायन्स क्लब इन्टरनेसनलको नयाँ नेतृत्व चयनका लागि आगामी फागुन ७ गते चितवनमा १०औं अधिवेशन हुँदैछ । जसमा लायन्समा आवद्ध करिब ३ हजारको उपस्थित रहने बताइएको छ । उम्मेदवारी घोषणा कार्यक्रममा फस्ट भाइस डिष्ट्रि«क गभर्नरमा लायन एमजेएफ मुकुट ढकालले सामाजिक क्षेत्रमा गरेको योगदानका बारेमा लायन एवम् नेपालगञ्ज उपमहानगरपालिका उपमेयर उमा थापामगरले चर्चा गरेकी थिइन् ।
उम्मेदावारी घोषणा कार्यक्रममा गर्भनर पदका उम्मेदवार ढकालले सामाजिक क्षेत्रमा थप सक्रिय भएर काम गर्ने उद्देश्यले आफुले उम्मेदवारी घोषणा गरेको बताए ।
अन्य उम्मेदवारहरुले पनि आफनो प्रतिवद्धता प्रकट गर्दै लायन्सलाई सामाजिक क्षेत्रमा सक्रिय बनाउन योगदान गर्ने बताएका थिए । जन्मोत्सव तथा उम्मेदवारी घोषणा कार्यक्रममा बाँके, बर्दिया, दाङ, जुम्लाबाट लायन्समा आवद्ध प्रतिनिधिहरुको सहभागिता रहेको थियो । कार्यक्रममा उपस्थितहरुलाई लायन्स संजय थापाले स्वागत गरेका थिए ।
लायन्स क्लबमा आवद्ध विभिन्न संगठनले मेल्भिन जोन्सको जन्मोत्सवको अवसरमा साताव्यापी रुपमा सामाजिक कार्य गर्दै जन्मोत्सव मनाएका थिए ।
मानवीय सेवाका लागि विश्व प्रसिद्ध मेल्भिन जोनको जन्मोत्सवलाई भव्य रुपमा मनाउनका लागि साताव्यापी रुपमा रक्तदान कार्यक्रम, असाहाय, गरिबलाई सहयोग लगायतका कार्यक्रम गरिएको थियो ।