जेष्ठ नागरिकलाई कम्बल वितरण

डुडुवा – चिसो र शितलहरका बेला बालबालिका, जेष्ठ नागरिक, असहाय, तथा अतिविपन्न परिवार बढी प्रभावित हुन्छन् । चिसोलाई मध्यनजर गर्दै बाँके डुडुवा गाउँपालिकाले जेष्ठ नागरिकलाई चिसोबाट बच्न न्यानो सामाग्री वितरण शुरु गरेको छ ।
गाउँपालिकाको वार्ड नंं १ देखि ६ वटै वडाका जेष्ठ नागरिकहरुलाई कम्बल (व्लान्केट) र चावनप्रास वितरण गर्न शुरु गरेको हो । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले मंगलबार एक कार्यक्रमका विच जेष्ठ नागरिकहरुलाई कम्वल हस्तारण गर्नुभयो ।
त्यस अवसरमा बोल्दै अध्यक्ष चौधरीले अहिले चिसो मौसममा यो कम्बलले तातो हुन मद्दत पुर्याउने विश्वास व्यक्त गर्नुभयो । उहाँले गाउँपालिकाले जेष्ठ नागरिकलाई लक्षित गरि विशेष कार्यक्रमको प्याकेज लागु गरेको भन्दै अब डुडुवाका कुनैपनि जेष्ठ नागरिकलाई स्वास्थ्य लगायतका सेवाबाट बञ्चित हुनुपर्ने अवस्था नआउने बताउनुभयो । गाउँपालिकाले अहिले जेष्ठ नागरिकका लागि छुट्टै १५ सैयाको अस्पताल सञ्चालनको तयारी गरेकाले स्वास्थ्य सम्वन्धी सम्पूर्ण उपचारको व्यवस्था गरिने बताउनुभयो ।
गाउँपालिकाको ६ वटै वडामा ७० वर्ष पुरा गरेका जेष्ठ नागरिक, ६० वर्ष पुरा गरेका जेष्ठ नागरिक दलित र एकल महिला गरि दुई हजार सात सय २८ जनालाई कम्वल र चावनप्रास वितरण गरिने वडा सचिव शिवकुमार मौर्यले बताउनुभयो ।
मंगलबार १ सय ५० जनालाई उक्त कम्बल वितरण गरिएको छ । हिड्डुल गर्न नसक्ने जेष्ठ नागरिकहरुलाई गाउँपालिकाले सवारी साधनको प्रयोग गरि घरबाटै ल्याउने लैजाने समेत व्यवस्था गरेको छ ।


error: यो सुविधा उपलब्ध छैन !